गृहपृष्ठ गौहत्या अभियोगमा तीन जना पक्राउ
गौहत्या अभियोगमा तीन जना पक्राउ
कालिका नगरपालिका-३ जनप्रिय टोल बस्ने ३५ वर्षीया निरमाया तामाङ समेत तीन जनालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त ठाउँमा गाई काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपुरबाट खटिएको प्रहरीले दुई सय किलो गाईको मासु र चार थान चक्कुसहित उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार अन्य दुईजनाको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १०:४५ बजे

















