गृहपृष्ठ युवा सङ्घ केन्द्रीय कमिटीलाई पूर्णता

युवा सङ्घ केन्द्रीय कमिटीलाई पूर्णता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले एकतापछिको केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

साबिकको युवा सङ्घ र वाइसिएल नेपालबाट सहमति र भागबण्डाका आधारमा ३३५ सदस्यीय केन्द्रीय कमिटीमध्ये ३३२ सदस्यलाई पूर्णता दिएको हो । सङ्गठनका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलद्वारा आज जारी विज्ञप्तिमा पारित केन्द्रीय कमिटीको पहिलो बैठक आगामी कात्तिक १८ र १९ गते काठमाडौँमा आयोजना गरिएको छ । यसैगरी कात्तिक २० र २१ गते सङ्घले राष्ट्रिय भेलाको आयोजना गरेको छ । (रासस)

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु