गृहपृष्ठ पारस खड्काले टि टेन लिग खेल्ने

पारस खड्काले टि टेन लिग खेल्ने

पारस खड्काले संयुक्त अबर इमिरेट्स (युएई) मा आयोजना हुने टि टेन लिग खेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजिनामाको घोषणा गरेका पारस अबुधाबी टिमबाट खेल्ने पक्का भएको हो । टि टेनका लागि गत साता नै ड्राफ्ट सम्पन्न भए पनि पारसको नाम भने हालै मात्र सार्वजनिक गरिएको छ । ड्राफ्ट अघि नै अबुधाबीले आफुलाई सम्पर्क गरी अनुबन्ध गरिसकेको पारसले बताए । पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउनेछन् ।

टि टेनमा नेपाली स्पिनर सन्दीप लामिछाने पनि छन् । प्रतियोगिता नोभेम्बर १५ देखी २४ सम्म चल्ने छ ।

प्रकाशित समय ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु