गृहपृष्ठ बागलुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

बागलुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका छन् ।

तमानखोला गाउँपालिका- ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध१ज ७०५ नम्बरको पिकअप जित रिक्लाङमा शुक्रबार राति दुर्घटनामा परेको हो । दुर्घटनामा तमानखोला-१ बस्ने चालक झकबहादुर विक र सोही स्थानका सह-चालक ओमबहादुर गोतामेको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिप सडकदेखि करिब १२ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । यात्रु छाडेर फर्कदै गरेको जिप साँघुरो सडक भएका कारण घुम्तीमा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकको शव रातिनै परीक्षणका लागि ढोरपाटन नगरपालिका-१ बुर्तिवाङ स्वास्थ्य केन्द्रमा पुर्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु