गृहपृष्ठ भारतमा ३ नेपाली मजदूरको हत्या
भारतमा ३ नेपाली मजदूरको हत्या
भारतको पिथौरागढमा ३ नेपाली मजदूरको हत्या भएको छ ।
उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका-५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका-४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए । उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको बताइएको छ । हरे र बीरा सहदोर दाजुभाई हुन् ।
उनीहरुले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए । घटनापछि हरे बोहराकी श्रीमती किर्रा फरार रहेको बताइएको छ । उनको खोजी भइरहेको छ । शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ । हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन ।
प्रकाशित समय ०८:३४ बजे

















