गृहपृष्ठ खुम्बु क्षेत्रमा बेलायती पर्यटकको मृत्यु

खुम्बु क्षेत्रमा बेलायती पर्यटकको मृत्यु

death-newskarobar

सोलुखुम्बूको खुम्बु क्षेत्रको भ्रमणमा पुगेका एक जना बेलायती पर्यटकको मृत्यु भएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफ सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन् । मंगलबार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । उनका अनुसार मृत्युको कारण भने खुल्न सकेको छैन ।

जोसेफको शव मंगलबारै कानूनी प्रक्रिया पूरा गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु