गृहपृष्ठ डा. गोविन्द केसी अस्पताल भर्ना

डा. गोविन्द केसी अस्पताल भर्ना

फाेटाे : राससबाट

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो ।

डा. केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिए ।

प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रशासनको रोहबरमा डा केसीलाई अस्पताल भर्ना गरिएको डा. कँडेलले बताए ।

चिसोका कारण डा केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए । डा. केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए ।

सात बुँदे माग राखी डा. केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् । (रासस)

प्रकाशित समय ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु