गृहपृष्ठ प्रहरीलाई पचास हजार घुस दिन खोज्ने महिला पक्राउ

प्रहरीलाई पचास हजार घुस दिन खोज्ने महिला पक्राउ

pakrau-arrest-newskarobar

प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका-५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्यान्ड एन्ड गेस्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रुपैयाँ ५० हजार घुस दिन खोज्ने होटलका सञ्चालक ४० वर्षीया सोममाया राईलाई मंगलबार राति पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा प्रहरीलाई घुस दिन खोजेपछि राईलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकी राईलाई आवश्यक कानुनी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको वृत्तले जनाएको छ ।

 

प्रकाशित समय १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु