गृहपृष्ठ अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दीप प्रज्वलन

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दीप प्रज्वलन

धनुषामा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय बाल दिवस मनाइएको छ । यस अवसरमा विभिन्न सरोकारवालाहरुले बुधबार साँझ जानकी मन्दिरमा दीप प्रज्वलन गरे ।

राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरधाममा आयोजित कार्यक्रममा सहभागीहरुले बालबालिकालाई जोखिमयुक्त काममा लगाइएको विरुद्ध आवाज उठाउनुपर्ने बताए । मानवअधिकार अधिकृत रेखा दत्तले नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिकाहरुको हक र बालअधिकारसम्बन्धी हक दिएकाले १८ वर्ष मुनिका बालबालिकालाई कुनै पनि बहानामा जोखिमयुक्त काममा लगाउनु गैरकानूनी हुने बताइन् ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का बालबालिका महाशाखाका अधिकृत रितु कर्णले प्रदेश २ सरकार बालबालिकाको हक अधिकार संरक्षण गर्न प्रतिवद्ध रहेको बताए । प्रदेश सरकारले सन् २०३० सम्म प्रदेश २ लाई बालश्रम, सडक बालबालिका र बालविवाहमुक्त गराउनका लागि १० वर्षे कार्ययोजना तयार गरी त्यसको कार्यान्वयनमा लागेको बताए ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले मानवअधिकारकर्मी र प्रहरी प्रशासनको सहयोगमा बालबालिकालाई जोखिमयुक्त काममा लगाउनेहरुलाई कानूनी दायरामा ल्याउने काममा सहयोगी भूमिका निर्वाह गर्न बाल क्लबहरुलाई आग्रह गरे ।

प्रकाशित समय १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु