गृहपृष्ठ नक्कली प्रहरी बनेर फिरौती माग्ने चार जना पक्राउ

नक्कली प्रहरी बनेर फिरौती माग्ने चार जना पक्राउ

pakrau-arrest-newskarobar

कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका-८ का अनिलचन्द, प्रदीप गिरी, सन्दीप श्रीवास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले आज जनाएको छ ।

राति धनगढीतर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई निजहरुले बाटोमा रोकेर हामी प्रहरी हौं, तिमीहरुसँग लागु औषध ब्राउन सुगर छ भनी धम्काई अपहरण गरी कुटपिट गर्नुका साथै १ लाख रुपैयाँ नदिएमा लागु औषध मुद्दा चालाइदिन्छौं भनी फिरौती माग गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

पीडित अरुण चौधरी उनीहरूको नियन्त्रणबाट भाग्न सफल भई प्रहरीलाई जानकारी गराएपछि गएको प्रहरी टोलीले ती अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित समय १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु