गृहपृष्ठ मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

सांकेतिक तस्बिर

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग१७प १२९८ नंको मोटरसाइकलको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । तामाङको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । घाइतेलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइसकेको छ । (रासस)

प्रकाशित समय १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु