गृहपृष्ठ अख्तियारद्वारा उपसचिव र डीएसपीसहित ३८ विरुद्ध मुद्दा दायर

अख्तियारद्वारा उपसचिव र डीएसपीसहित ३८ विरुद्ध मुद्दा दायर

Akhtiyar-Durupayog-anusandhan-aayog_newskarobar

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपसचिव र डीएसपीसहित ३८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट फेल भएका व्यक्तिलाई पास बनाएको आरोपमा तत्कालीन कार्यालय प्रमुख एवं उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको हो ।

अख्तियारले मुद्दा चलाएकामा पोखरेलसहित प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक हाल नायब उपरीक्षक नवराज थापा, शाखा अधिकृत राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, तत्कालीन शाखा अधिकृत हाल उपसचिव धर्मराज ढुंगाना र बाबुराम रेग्मीलगायत छन् । उनीहरुले २०६९ वैशाख, जेठ र असारमा प्रयोगात्मक परीक्षामा फेला भएका एक हजार २८४ जनालाई उत्तीर्ण बनाएको अख्तियारको दाबी छ ।

प्रकाशित समय १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु