गृहपृष्ठ महिला, शान्ति र सुरक्षासम्बन्धी कार्यक्रम सम्पन्न
महिला, शान्ति र सुरक्षासम्बन्धी कार्यक्रम सम्पन्न
गृह मन्त्रालयद्वारा आयोजित महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्तावहरुको कार्यान्वयन गर्न दोश्रो चरणको राष्ट्रिय कार्ययोजना तर्जुमा तथा परामर्श कार्यक्रम सोमबार जनकपुरधाममा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सशस्त्र द्वन्द्व र त्यसपछिको संक्रमणकालीन अवस्थामा महिला र बालबालिकाहरु बढी प्रभावित भएको बताए । उनले द्वन्द्वको क्रममा प्रभावित महिला, बालबालिकाहरुलाई उचित राहत दिन राज्य संवेदनशील हुनुपर्ने बतए । देशमा विद्यमान सामाजिक, आर्थिक, जातिय र लैङ्गिक विभेद हटाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँगै सञ्चारमाध्यमसमेत लाग्नुपर्ने उनको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले प्रदेश २ मा भ्रुण हत्यादेखि लिएर दहेजको सवालमा समेत महिलाहरु नै प्रताडित हुदै आएकाले यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए । लैङ्गिक हिंसा अन्त्यका लागि सुरक्षा निकायले शून्य सहनशीलताका कार्यक्रम तदारुकताका साथ अगाडि बढाइएको समेत उनले बताए ।
कार्यक्रमका सहभागीहरुले द्वन्द्वको समयमा सुरक्षा निकाय र तत्कालीन विद्रोहीका कारण पनि महिलाहरु नै बढी पीडित भएको बताए ।
प्रकाशित समय १९:५९ बजे


















