गृहपृष्ठ अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ६ नरपानी रातामाटामा बस दुर्घटना परी मृत्यु भएका १९ जना मध्ये ११ जनाको सनाखत भएको छ ।
प्रहरीका अनुसार सदरमुकामबाट गोरीसिगे आउँदै गरेको बसमा १९ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दुर्घटनामा ७ जना गम्भीर घाइते छन् । उनीहरुको भैरहवा उपचार भइरहेको छ ।
गम्भीर घाइतेलाई थप उपचारको लागि काठमाडौँ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।
लु २ ख २१४८ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त बनेको थियो ।
घाइते तथा मृतककाे नामावली
१) वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी
२) माया पुरी, १८ वर्ष, खाचिकोट काउले
३) मेनुका खड्का, ८ वर्ष, खाचिकोट काउले
४) बलराम भट्टराई, खाचिकोट डिहिडाँडा
५) सीता बस्नेत, २७ वर्ष, शितगंगा–२ घर भइ हाल चप्परगाउँ कपिलवस्तु
६) राज कुमार महत, २८ वर्ष, पिपलडाडा वेम्जिङ, गुल्मी
७) सन्त बहादुर बस्नेत, ३६ वर्ष, छत्रदेव गा.पा. ७, (उपचारको क्रममा चौराह अस्पताल बुटवलमा)
८) शैलैस थापा, भूमिकास्थान नगरपालीका–९, अर्घाखाँची
९) शिवलाल भट्टराई, सन्धीखर्क–७, खाचिकोट
१०) छविलाल गइरे, सनापा–१०
११) एक जना ६ महिनाका बालक
भैरहवामा उपचार हुँदै गरेका घाइतेहरु :
१. कृष्ण बिक, वर्ष ४०, अर्घाखाँची
२. बोम बहादुर, वर्ष ३५ अर्घाखाँची
३. बिष्णु विक, वर्ष ३५, अर्घाखाँची
४. सरस्वता भट्टराई, वर्ष २३, अर्घाखाँची
५. जीवन विक वर्ष २५, अर्घाखाँची
बुटवलमा उपचार हुँदै गरेका घाइतेहरु
१. अंकिता थापा वर्ष १५, सन्धीखर्र्क–६ अर्घाखाँची
२. सरस्वता भट्टराई वर्ष २३, सन्धीखर्र्क ४ अर्घाखाँची
३. बिष्णु अधिकारी, अर्घाखाँची
४. लोकनाथ पाण्डे, अर्घाखाँची
५. सपना कुवँर, अर्घाखाँची
६. नन्द बहादुर बिक, अर्घाखाँची
प्रकाशित समय १०:३३ बजे

















