गृहपृष्ठ बाजुराका उच्च हिमाली भेगमा हिमपात

बाजुराका उच्च हिमाली भेगमा हिमपात

bajura-newskarobar

जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली भेगमा हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपात बिहीबार साँझदेखि सुरु भएको हो । हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ ।

असोजपछि पहिलो पटक पानी पर्न थालेको हो । आकाशको पानीले खेती गर्नुपर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमिनमा हिउँदे खेती गरेका छैनन् । पानी पर्न थालेपछि किसानलाई केही आशा थपिएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रशासन अधिकृत मीनप्रसाद जैशीले जानकारी दिए ।

किसान आकासे-पानी कुरिरहेका छन् तर उच्च हिमाली भेगमा परेको हिमपातसँगै चिसोले जनजीवन सामान्य भए पनि प्रभावित बनेको छ । बिहीबार साँझपखबाट एकाएक मौसम बदली भएको थियो । अहिले बिहानसम्म बाजुराको आकाशमा घामसमेत देखिएको छैन । बडिमालिका, बूढीनन्दा, पोरखे, बढालेकलगायतका हिमालमा हिउँ पर्न सुरु भएको छ । (रासस)

प्रकाशित समय ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु