गृहपृष्ठ मध्य पहाडमा पाइने सालक सिरहामा भेटियो

मध्य पहाडमा पाइने सालक सिरहामा भेटियो

सिरहाको सुखीपुरमा फेला परेको मध्यपहाडी क्षेत्रमा मात्र पाइने अनौठो जनावर सालक वन कार्यालयको जिम्मा लगाइएको छ । सुखीपुर नगरपालिका-१० निवासी कारी साहको करेसाबारीमा बिहीबार साँझ फेला परेको सालक डिभिजन वन कार्यालय लहानलाई जिम्मा लगाएको हो ।

झट्ट हेर्दा यो जीव अनौठो र तराई मधेसमा कहिले नदेखिएको र कसैलाई नाम पनि थाहा नभएको उक्त जनावर रौँ हेर्दा गोहीजस्तो देखिन्छ । उक्त जनावर सालक भएको डिभिजन वन कार्यालय सिरहा लहानका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले बताए । बिक्रीका लागि प्रतिबन्धित उक्त सालक बहुमूल्य मानिन्छ ।

नगरपालिका अगाडि बम फेला

अज्ञात समूहले सिरहाको धनगढीमाई नगरपालिका अगाडि राखेको बम आज बिहान फेला पारेको छ । रातो झोलामा बम राखिएको अवस्थामा स्थानीयवासीले देखेपछि बिहान प्रहरीलाई खबर गरेको थियो ।

बम राखिएको खबर पाएपछि चोहर्वास्थित शेर गणबाट आएको नेपाली सेनाको प्राविधिक टोलीले बम निष्क्रिय पारेको प्रहरीले जनाएको छ । बम कसले र कतिबेला राखेको विषयमा केही खुल्न सकेको छैन । (रासस)

प्रकाशित समय १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु