गृहपृष्ठ २१ वर्षीया युवतीले छाउगोठमा ज्यान गुमाइन्
२१ वर्षीया युवतीले छाउगोठमा ज्यान गुमाइन्
सांकेति तस्बिर ।
गएराति अछामको साँफेबगर नगरपालिका- ३, सिद्धेश्वरकी एक युवतीको छाउगोठमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । अछाममा अहिलेसम्म छाउगोमै १४ महिलाको मृत्यु भइसकेको छ ।
प्रकाशित समय १२:३४ बजे

















