गृहपृष्ठ घुस लिँदालिँदै ट्राफिक प्रहरी पक्राउ

घुस लिँदालिँदै ट्राफिक प्रहरी पक्राउ

police pakrau

धनुषाबाट महेन्द्रनगरबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग आयोगको टोलीले एक ट्राफिक प्रहरीका सईलाई नियन्त्रणमा लिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित सखुवा महेन्द्रनगरबाट ट्राफिक प्रहरीका सई नवीनकुमार झालाई घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले झालाई सोमबार साँझ पक्राउ गरेको हो ।

ट्रिपर चालकसँग एक हजार घुस लिइरहेको अवस्थामा अख्तियारको बर्दिवास कार्यालयबाट पुगेको टोलीले झालाई नियन्त्रणमा लिएको हो । ढुंगा तथा गिट्टी ढुवानीमा सहज गरिदिने भन्दै सई झाले ट्रिपर चालकसँग रुपैयाँ लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

ट्रिपर चालकसँग पटक–पटक पैसा माग्ने गरेपछि झाविरुद्ध अख्तियारको कार्यालयमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले अनुगमन गर्दा उनी घुससहित पक्राउ परेका हुन् । झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित समय ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु