गृहपृष्ठ टिपरको ठक्करबाट बालिकाको मृत्यु

टिपरको ठक्करबाट बालिकाको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका– ५ स्थित भित्री सडक खण्डमा आज बिहान टिपरको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान साढे ८ बजे उत्तरबाट दक्षिण आउँदै गरेको ना. ८ ख ७०५३ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय ४ वर्षीया बालिका राधिकाकुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न टिपर र चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु