गृहपृष्ठ गढीमाईलाई विश्वसम्पदा सूचीमा राख्न माग
गढीमाईलाई विश्वसम्पदा सूचीमा राख्न माग
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ कमिटीका अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्वसम्पदा सूचीमा समावेश गर्न आग्रह गरेका छन् ।
प्रत्येक पाँच वर्षमा मेला लाग्ने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न नेता साहले नेपाल सरकार र युनेस्कोलाई आग्रह गरेका हन् ।
उनले भने, ‘गढीमाई मन्दिर एउटा धार्मिक महत्व बोकेको ऐतिहासिक धरोहर हो । यसको पौराणिक इतिहास छ । यहाँ विश्वकै ध्यान केन्द्रित गर्ने महामेला लाग्छ । यो सिम्रौनगढ र मधेसको फरक संस्कृतिको प्रतिनिधित्व गर्ने सम्पदा सूचीकृत भए मधेसको गौरव बढ्नेछ ।’
अध्यक्ष साहले मधेसको विविधतायुक्त संस्कृति, परम्परा र ऐतिहासिक धरोहरको उचित प्रवर्द्धन गरी मधेसमा पर्यटक ल्याउन सकिने पनि बताए । उनले जानकीको जन्मस्थल जनकपुरस्थित जानकी मन्दिरलाई पनि विश्वसम्पदा सूचीमा समेट्न आग्रह गरे । नेपालका १० वटा सम्पदा युनेस्कोले सूचीकृत गरे पनि प्रदेश २ का कुनै पनि सम्पदा हालसम्म समेटिएको छैन । (रासस)
प्रकाशित समय १५:३१ बजे

















