गृहपृष्ठ भौतिक संरचना अपांगमैत्री निर्माण गर्न आग्रह
भौतिक संरचना अपांगमैत्री निर्माण गर्न आग्रह
ह्विलचियर प्रदान गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल ।
शारीरिकरूपमा अशक्त व्यक्तिहरुले नयाँ निर्माण गरिने भौतिक संरचना अपांगमैत्री गरिदिन आग्रह गरेका छन् । आज यहाँ २८औँ अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा अपांगता संरक्षण नेपालले आयोजना गरेको कार्यक्रममा यस किसिमको धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा शारीरिकरूपमा अशक्त शर्मिला भट्टराईले संविधानमा व्यवस्था भएअनुसारको व्यवस्था व्यवहारमा लागू नभएको गुनासो गर्दै रोजगारी पनि सुनिश्चित गर्नुपर्ने माग गरे । भट्टराईले सबै प्रकारका अपांगता भएका व्यक्तिको हक, हित र अधिकारका विषयमा वकालत तथा पैरवी गर्न सबै अग्रसर हुनुपर्ने बताए ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष विरोध खतिवडाले ग्रामीण भेगमा रहेका यस समूहका मानिसले अत्यावश्यकरूपमा रहेको सेतो छडीसमेत नपाएकाले सबैमा पुर्याउने तयारी रहेको बताए । कार्यक्रममा संस्थाले करिब सय जनालाई सेतो छडी र अध्ययन सामग्री वितरण गरेको थियो ।
शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयमा अपाङ्गता भएका व्यक्तिको स्थान अझै पनि नगन्य मात्रामा रहेको भन्दै अपांगमैत्री नहुँदा सरकारी कार्यालय नै प्रयोगविहीन हुनपरेको सहभागीहरूले गुनासो गरे । सहभागीहरुले एकै आवजमा सरकारले परिचयपत्र दिएर केही राहत पुगे पनि दैनिक जीवनमा अझै धेरै असहजता रहेको गुनासो गरेका थिए ।
प्रकाशित समय १९:५३ बजे

















