गृहपृष्ठ कृषि जैविक विविधताको संरक्षणमा जोड

कृषि जैविक विविधताको संरक्षणमा जोड

प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जैविक विविधताको संरक्षण, संवर्द्धन र दिगो उपयोग गरी कृषिको समुचित विकास गर्ने नीति लिएको छ ।

कृषि  विकास निर्देशनालय रुपन्देहीद्वारा पाल्पाको तानसेनमा आयोजित कृषि जैविक विविधताको संरक्षणसम्बन्धी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा स्थानीय रैथाने अन्नबाली उत्पादनमा किसानको आकर्षण बढाउने र  खाद्य तथा पोषण सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त नीति लिएको मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले स्थानीय रैथाने बाली संरक्षणमा सबैको चासो हुनुपर्ने बताइन् ।

‘हामी साना हुँदा गहुँभित्र बेथे हुन्थ्यो, अहिले हुँदैन । धानखेती गर्दा खेतमा माछा हुन्थ्यो, माछा मार्थ्यौं, अहिले त्यस्तो स्थिति छैन,’ उनले भने, ‘रैथाने अन्नबालीको संरक्षण र उत्पादनमा सम्बन्धित सबैको सक्रियता आवश्यक छ ।’

मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले कृषि जैविक विविधताको संरक्षण, संवर्द्धन र दिगो उपयोग गर्ने नीति मन्त्रालयले लिएको बताउँदै कृषि जैविक विविधता संरक्षणसम्बन्धी कार्यक्रमलाई विशेष प्राथमिकता दिइने बताए । कृषिविज्ञ कमानसिंह थापाले देशमा आर्थिक परिर्वतनका लागि कृषिको दिगो विकास हुनु जरुरी छ भने ।

कार्यक्रममा खाद्य एवं कृषिजन्य आनुवंशिक स्रोत, पदार्थ तथा स्थानीय ज्ञान, सीप आदिको संरक्षण, उपयोग र लाभको समन्यायिक एवं न्यायिक अवस्था र वर्तमान र भावी पुस्ताको खाद्य सुरक्षा एवं गरिबी न्यूनीकरण गर्न कृषि जैविक विविधताको संरक्षणसम्बन्धी चार वटा छुट्टाछुट्टै कार्यपत्र प्रस्ततु भएको थियो । (रासस)

प्रकाशित समय १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु