गृहपृष्ठ मर्निङ वाकमा निस्केकी महिलाको ट्रयाक्टरको ठक्करबाट मृत्यु
मर्निङ वाकमा निस्केकी महिलाको ट्रयाक्टरको ठक्करबाट मृत्यु
सांकेति तस्बिर ।
बिहीबार बिहान मर्निङ वाकमा निस्केकी एक महिलाको ट्रयाक्टरको ठक्करबाट मृत्यु भएको छ । महोत्तरीको सरपल्लो घर भइ हाल क्षिरेश्वरनाथ नगरपालिका– ५, महेन्द्रनगर काफ्लेटोलमा बस्दै आएकी संगीता ठाकुर वरहीको घटनास्थलमै मृत्यु भएको हो ।
उनलाई मिथिला नगरपालिका– २, नक्टाझिज विश्वकर्माचोकमा गढीमाई मेलाबाट फर्किदै गरेको ज. १ त ५८८६ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ११:१९ बजे

















