गृहपृष्ठ सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

pakrau-arrest-newskarobar

जिल्ला अदालत धादिङको २०७३ पुस २३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ७५ हजार रुपैयाँ जरिवाना भई फरार रहेकी प्रतिवादी नेत्रावती डबजोङ गाउँपालिका-२ बस्ने २२ वर्षीया प्रेम माया तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धादिङमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित समय १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु