गृहपृष्ठ स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

सांकेतिक तस्बिर

दोलखाको भीमेश्वर नगरपालिका-२ तिखातलमा बुधबार राति स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हुँदा दोलखा जिल्ला बिगु गाउँपालिका-८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भीमेश्वोर नगरपालिका-२ का १६ वर्षीय सुमन थामी, बिगु गाउँपालिका-७ का २७ वर्षीय विजय श्रेष्ठ र स्काभेटर चालक कालिञ्चोक गाउँपालिका-४ का २२ वर्षीय राजकुमार थामी छन् । घाइतहरुको काठमाडौँको ग्रान्डी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण स्काभेटर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित समय १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु