गृहपृष्ठ बिपी राजमार्गमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बिपी राजमार्गमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सांकेतिक तस्बिर
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका-३ का २९ वर्षीय प्रकाश दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी घाइते भएका सोही ठाउँका ३१ वर्षीय नवराज दाहालको टाउको र खुट्टामा चोट रहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ । (रासस)
प्रकाशित समय १०:४५ बजे

















