गृहपृष्ठ दुई हेलिकप्टर खेल मैदानमा आकस्मिक अवतरण
दुई हेलिकप्टर खेल मैदानमा आकस्मिक अवतरण
फाइल फोटो ।
पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । मौसममा अकस्मात खराबी आउँदा एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर आज बिहान पोखरा महानगरपालिका- १९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ ।
दुवै हेलिकप्टर पर्यटकसहित अन्नपूर्ण आधार शिविर पुगेर पोखरा विमानस्थल फर्कँदै थियो । बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहेपनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो ।
‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकप्टर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ । मौसम खुल्ने वित्तिकै उड्ने तयारीमा छन्, पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले भने । मौसम सफा नहुँदा आज पोखरा विमानस्थलबाट आज बिहान ११ बजेसम्म कुनै पनि उडान तथा अवतरण हुन सकेका छैनन् ।
प्रकाशित समय १२:५४ बजे

















