गृहपृष्ठ राष्ट्रपतिद्वारा विभिन्न मुलुकमा गैह्रआवासीय राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न मुलुकमा गैह्रआवासीय राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसङ्घ र तीन मुलुकका आवासीय नेपाली राजदूत (स्थायी प्रतिनिधि) लाई विभिन्न मुलुकको गैह्रआवासीय राजदूतमा आज नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा, २८२ को १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरिएको हो । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई ब्रुनाई, थाइल्यान्डका राजदूत गणेशप्रसाद ढकाललाई कम्बोेडिया, लाओस र भियतनामका लागि गैह्रआवासीय राजदूतमा नियुक्त गरिएको हो ।
राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि अमृतबहादुर राईलाई इक्वेडर र क्यानाडाका लागि राजदूत भृगु ढुङ्गानालाई क्युबाको गैह्रआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित समय १७:५७ बजे

















