गृहपृष्ठ सुदूरपश्चिम जान अब मोबाइलबाटै टिकटिङ

सुदूरपश्चिम जान अब मोबाइलबाटै टिकटिङ

सुदूरपश्चिममा उत्कृष्ट सेवा दिँदै आएको महाकाली यातायातको टिकट अबदेखि अनलाइनबाटै काट्न सकिने भएको छ । महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रालिबाट सञ्चालित महाकाली यातायातले अनलाइन टिकटिङ सुरू गरेको कम्पनीका अध्यक्ष डम्बर राज पन्तले जानकारी दिए ।

यसका लागि कम्पनीले बससेवा डटकमसँगको सहकार्य गरेको छ । अब काठमाडाैँदेखि महेन्द्रनगर, महेन्द्रनगरदेखि बुटवल तथा महेन्द्रनगरदेखि पोखरा चल्ने महाकाली यातायातका एसी तथा डिलक्स बसको टिकट अनलाइनबाटै काट्न सकिनेछ ।

यात्रुहरूले बससेवा डटकम, इसेवा डटकम डट एनपी, बस सेवाको मोबाइल एप्लिकेशनमार्फत अनलाइन टिकट काट्न सक्नेछन् । साथै नजिकको इसेवा जोन, पोइन्टलगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ । यस्तै विदेशबाट www.12go.asia बाट टिकट काट्न सकिनेछ ।

महाकाली यातायातले करिब ६ सय सवारी साधनमार्फत नेपालका विभिन्न गन्तव्यहरूमा सेवा पुर्‍याउँदै आएको छ ।

प्रकाशित समय १८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु