गृहपृष्ठ महायज्ञमा विदेशीको लर्को
महायज्ञमा विदेशीको लर्को
अन्नपूर्ण गाउँपालिका- ३, पाउँदुर, धारापानीस्थित शिवालय मन्दिरको विकासका लागि शिव महापुराण धनधान्याञ्चल महायज्ञमा विदेशी पाहुनाहरु समेत सहभागी भएका छन् । सोमबार जर्मनी, फ्रान्स, अमेरिकालगायत देशका नागरिकहरु महायज्ञमा सहभागी भएका हुन् । उनीहरुले चाख मानेर कथा सुनेका थिए ।
आइतबारसम्म महायज्ञमा १३ लाख २६ हजार ७ सय १६ रुपैयाँ संकलन भएको आयोजकले जानकारी दिएको छ । संकलित रकमबाट मन्दिरको पुनर्निर्माण, नियमित पूजाका लागि अक्षयकोष स्थापना, बहुउद्देश्यीय धर्मशाला, अन्नपूर्ण माताको मन्दिर तथा प्रवेशद्वार निर्माण र मन्दिर परिसरमा पक्की पर्खाल लगाउने आयोजकको लक्ष्य छ । यसका साथै धार्मिक पर्यटनमार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सघाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताइएको छ ।

महायज्ञमा शिव महापुराणको कथा वाचन, रुद्राभिषेक, हवन, धनधान्याञ्चल, तुलादान, वेद पाठपारायण, सामूहिक व्रतबन्ध, चौरासी पूजा, चण्डीपाठ लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ । महायज्ञ माघ १८ गतेसम्म चल्नेछ ।
प्रकाशित समय १२:४९ बजे

















