गृहपृष्ठ प्लाष्टिकको पोकाभित्र नवजात शिशुको शव

प्लाष्टिकको पोकाभित्र नवजात शिशुको शव

sishu-death-newskarobar सांकेतिक तस्बिर ।

सुनसरीको दुहबी नगरपालिका- १२, पूर्वी कुशाहा बाँसटोलमा रहेको पैनीमा सालनाल सहितको एक नवजात शिशुको शव फेला परेको छ ।

प्लास्टिकमा पोको पारेर फालेको अवस्थामा नवजात मंगलबार शिशुको शव फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । शव परिक्षणको लागि विराटनगरस्थित कोशी अस्पतालमा पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरी कार्यालयका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु