गृहपृष्ठ पूर्वसचिव पत्नीको हत्या प्रयास, कामदार मृत फेला
पूर्वसचिव पत्नीको हत्या प्रयास, कामदार मृत फेला
पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या प्रयास भएको छ । सानेपास्थित निवासमा कार्कीको हत्या प्रयास भएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउको कुर्सीले प्रहार गरेको र घाँटीमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी भान्सा कोठामा अचेत अवस्थामा फेला परेकी छन् । उनलाई अस्पताल लैजाने तयारी भइरहेको छ । कार्कीको घरमा कार्यरत कामदार दाङका विजय चौधरी भने झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
ललितपुर प्रहरी परिसरकी प्रवक्ता दुर्गा सिंहले घटनाको भएको जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा खटाएको बताइन् । उनले भनिन्, ‘ह्यामरले हिर्काएको शंका गरिएको छ, उहाँको घरमा काम गर्ने केटा पनि झुन्डिएको अवस्थामा मृत फेला खबर छ, पूरा विवरण आउन बाँकी छ।’
प्रकाशित समय १३:२१ बजे

















