गृहपृष्ठ नक्कली प्रहरी बनेर रकम असुल गर्ने तीन जना पक्राउ

नक्कली प्रहरी बनेर रकम असुल गर्ने तीन जना पक्राउ

धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने तीन जना पक्राउ परेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका- १ घर भई धनगढी उपमहानगरपालिका- ७ मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका- ५ हसनपुर बस्ने वर्ष ३५ का गौरव हमाल र कञ्चनपुर पुनर्वास नगरपालिका- ५ घर भई धनगढी उपमहानगरपालिका- १ बस्ने ३३ वर्षीय किसन सिजापतीलाई पक्राउ परेका हुन् ।

माघ २ गते धनगढी उपमहानगरपालिका- ३ बडहरा घर भइ मिलनचोकस्थित चन्द्रभान शर्माले सञ्चालन गरेको रिक्सा र साईकल मर्मत पसलबाट उनीहरुले रकम असुली गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शर्मालाई ‘भारतीय नम्बर प्लेटको मोटरसाईकल चोरीको हो र आफूहरु जिल्ला प्रहरी कार्यालयबाट आएका हौँ’ भन्दै तीन जनाले दुई हजार पाँच सय रकम असुली गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित समय १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु