गृहपृष्ठ बसले ठक्कर दिँदा नायिका महिमा सिलवालको मृत्यु
बसले ठक्कर दिँदा नायिका महिमा सिलवालको मृत्यु
नेपाली चलचित्रकी नायिका महिमा सिलवालको सवारी दुर्घटनामा ज्यान गएको छ ।
बुधबार साँझ करिब पौने ६ बजे काठमाडौँबाट चितवन घर जाँदै गर्दा उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिदाँ घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिएको हो ।
प्रकाशित समय ०९:३० बजे

















