गृहपृष्ठ चीनकाे हुबेई प्रान्तबाट ल्याइएका नेपालीलाई खरिपाटी लगियो
चीनकाे हुबेई प्रान्तबाट ल्याइएका नेपालीलाई खरिपाटी लगियो
चीनबाट विश्वमा फैलिएको कोरोना भाइरसकाे प्रकाेप दिनानुदिन बढ्दै गएको बेलामा नेपालमा पनि फैलने त्रास बढेको छ ।
शनिवार चीनको हुबेई प्रान्तबाट उद्धार गरेर ल्याईएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । उनीहरुलाई ६ वटा बस मार्फत नेपाली सेनाको स्कर्टिङसहित खरिपाटी लगिएको हो ।
नेपाल वायुसेवा निगमको चार्टर विमानबाट आज बिहान ४ बजे त्रिभुवन विमानस्थल आईपुगेका १७५ जना नेपालीलाई विमानस्थलमा स्वास्थ्य परिक्षणपछि क्वारेन्टाइनमा लगिएको हो ।
उनीहरुलाई कम्तिमा १५ दिन क्वारेन्टाइनमा राखेर निगरानी गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सरकारले कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको हुबेई प्रान्तबाट ल्याईएका नेपालीहरुलाई निगरानीमा राख्न भक्तपुरको विद्युत प्राधिकरणका ४ भवन खाली गराएर राखेको थियो ।
प्रकाशित समय ०७:४६ बजे

















