गृहपृष्ठ नेकपा (विप्लव) समूहका जिल्ला सेक्रेटरी पक्राउ

नेकपा (विप्लव) समूहका जिल्ला सेक्रेटरी पक्राउ

biplab-newskarobar

नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले तामाङलाई धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरेको हो ।

सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीयबासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेपछि पक्राउ गरिएका तामाङ चन्द समूहका जिल्ला सेक्रेटरी भएको प्रहरीले जनाएको छ ।

मेलम्ची नगरपालिका–९ का तामाङलाई अभद्र व्यवहारअन्तर्गत कारवाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए ।

प्रकाशित समय १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु