गृहपृष्ठ उपत्यकाको सवारी आवागमन सहज बनाउन समिति गठन

उपत्यकाको सवारी आवागमन सहज बनाउन समिति गठन

उपत्यकाको चुस्त ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी महाशाखाले चालेका अभियान एवं कार्यक्रमहरुले सडक अनुशासनमा थप सुधार भएको र आम सडक प्रयोगकर्ताहरुको सवारी आवागमनमा सहजता थपिएको छ ।

महाशाखाले सञ्चालन गरेका ३ महिने ट्राफिक उज्यालो अभियान, पैदलयात्री सुरक्षा बिशेष कार्यक्रम, यात्रुमैत्री अभियान, विशिष्टिकृत सचेतना कार्यक्रम, स्वंयंसेवक परिचालन साथै ट्राफिक लाइटको व्यवस्था, सिसिटिभी निगरानीमा तीव्रता समेतका कारणले ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गरेको आभाष भएको छ ।

हाल भइरहेको सुधारलाई अझ प्रभावकारी बनाउन स्थलगत रूपमा अपरेसनल सुधार गर्नु पनि आवश्यक देखिएकोले विशेष गरेर रिंगरोडभित्रका बढी प्रेसर हुने स्थान र चोकहरूमा स्थलगत अध्ययन गरी सुझाव पेश गर्न यस महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय ट्राफिक सुधार सुझाव समिति गठन गरिएको छ ।

प्रकाशित समय ०९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु