गृहपृष्ठ प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट बधाइ ज्ञापन

प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट बधाइ ज्ञापन

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार प्रहरी प्रधान कार्यालयमा बधाइ दिएका छन् ।

नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त भएकामा प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुले भेटघाट गरी शुभकामनासहित हार्दिक बधाइ ज्ञापन गरेका हुन् ।

भेटघाटका अवसरमा उनीहरुबीच शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने लगायतका विषयमा सुरक्षा निकायहरुबीच एक्यबद्ध भई अगाडि बढ्ने लगायतका विषयमा छलफल भएको थियो । नेपाल सरकारको नीति अनुरुप तोकिएको जिम्मेवारी बहन गर्ने क्रममा आपसी सहयोग, सदभाव र भाइचारा अभिवृद्धि गरी राष्ट्रिय हितका लागि समर्पित भई काम गर्ने उनीहरूले प्रतिबद्धता जनाएका थिए ।

सो अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति थियो ।

प्रकाशित समय १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु