गृहपृष्ठ पञ्चकोशी परिक्रमाको तयारीमा परिक्रमाबासी, १५ दिनमा १३३ किलोमिटर पदयात्रा
पञ्चकोशी परिक्रमाको तयारीमा परिक्रमाबासी, १५ दिनमा १३३ किलोमिटर पदयात्रा
लाखौं श्रद्धालुभक्तजनहरुको सहभागितामा सोमबार पञ्चकोशी परिक्रमा गरिँदैछ । जनकपुरमा हुने पञ्चकोशी परिक्रमाको लागि श्रद्धालुभक्तजनहरु किशोरी जीको डोलासहित तयारी अवस्थामा रहेका छन् ।
धनुषाको मिथिलाविहारी नपा ३ को कचुरी मठबाट उठेको डोलालगायत जनकपुरको रत्नसागर मन्दिर, जानकी मन्दिरलगायतको विभिन्न मठमन्दिरबाट भगवानको डोलासहित नेपाल भारतको १३३ किलोमिटर लामो १५ दिने पदयात्रा गर्दै श्रद्धालुभक्तजनहरुको आइतबार जनकपुर आएर विश्राम गरिरहेका छन् ।
जनकपुरधामको बारहविगाहा रंगभूमि मैदान, तिरहुतिया गाछीलगायत, जानकी मन्दिर, राममन्दिर, रत्नसागर मन्दिरलगायतको मठमन्दिरमा श्रद्धालुभक्तजनहरुको घुँइचो लागेको छ ।
परिक्रमामा धनुषा, महोत्तरी, सिरहालगायत तराईं मधेशको विभिन्न भागका श्रद्धालुभक्तजनहरुको सहभागिताका साथै भारतको सीमावर्ती क्षेत्रका मधुवनी, सितामढीलगायतका जिल्लाबाट श्रद्धालुभक्तजनहरुको सहभागिता रहेको छ ।
१५ दिने पदयात्राको क्रममा श्रद्धालुभक्तजनहरुले नेपालको १३ स्थलमा १ सय ७ किलोमिटर र सीमावर्ती क्षेत्र भारतको २ धार्मिकस्थलको २६ किलोमिटरको पदयात्रा गर्दै जम्मा १ सय ३३ किलोमिटर पैदल यात्रा गर्दै साधुसन्त तथा श्रद्धालुहरू जनकपुरमा आइपुगेका हुन् ।
परिक्रमावासीहरु अहिले झाँकि, भजन किर्तन, बाजागाजा सहित मनोरञ्जन गर्दै विश्राम गरि रहेका छन् । सोमवार अन्तरगृह परिक्रमा सम्पन्न भएपछि मंगलवार जनकपुरधाममा होली मनाउने परम्परा रहेको छ ।
प्रकाशित समय ०८:५४ बजे

















