गृहपृष्ठ पेस्तोल र गोलीसहित पक्राउ
पेस्तोल र गोलीसहित पक्राउ
फाइल तस्बिर ।
झापाको दमक नगरपालिका- ३, मावाखोलाबाट मोरङ मिक्लाजुङ गाउँपालिका- ९, मधुमल्ला बस्ने ४४ वर्षीय मेघराज गौतमलाई कटुवा पेस्तोल १ नाल, गोली १ राउण्ड र २ वटा खोकासहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी, रौतहटको गढीमाई नगरपालिका- ६, धरमपुरबाट कटुवा पेस्तोल १ थान र गोली ३ सहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही धनकौल गाउँपालिका- ६, छर्तौल बस्ने २६ वर्षीय राजेश राम र सोही ठाउँ बस्ने २१ वर्षीय सुरज राम छन् ।
ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीले बीआर ३० यु ८३८२ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजेशलाई कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड तथा सुरजलाई कटुवा पेस्तोलमा लाग्ने गोली १ राउण्ड र मोबाइल २ थानसहित पक्राउ गरेको हो ।
उल्लेखित दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित समय १२:२२ बजे

















