गृहपृष्ठ जन्मदिनमा विद्यार्थीलाई फलफूल वितरण

जन्मदिनमा विद्यार्थीलाई फलफूल वितरण

कैलालीमा एक युवकले आफ्नो जन्मदिनको अवसरमा छात्रबासका विद्यार्थीलाई शैक्षिक सामाग्री र फलफूल वितरण गरेका छन् ।

धनगढीको शिवनगर चौकमा किराना पसल सञ्चालन गर्दै आएका बाजुरा स्थायी घर भएका २० वर्षीय मदनराज जोशीले ‘आमाको माया’ छात्राबासका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

जन्मदिन मनाउँदै जोशीले भने, ‘अनावश्यक खर्च गर्नुभन्दा उपयोगी खर्च गर्न खुसी लाग्छ । त्यसैले सामाजिक सद्भावमा सबै जुटाैं भन्ने लाग्छ ।’

प्रकाशित समय १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु