गृहपृष्ठ काठमाडौंका यी ५ ठाउँमा ४ दिन बिजुली जाने
काठमाडौंका यी ५ ठाउँमा ४ दिन बिजुली जाने
काठमाडौंका पाँच ठाउँमा चार दिन बिजुली जाने भएको छ । आज (मंगलबार)देखि शुक्रबारसम्म फोर्सपार्क, वीरेन्द्रचोक, गान्धीमोड, हात्तीडाँडा र एयरपोर्टपछाडि लगायतका क्षेत्रमा दिनभर बिजुली जाने भएको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको गोठाटार फिडरको स्तरोन्नति (कन्डक्टर अपग्रेडिङ) कार्य गर्नुपर्ने भएकोले ४, ५ ,६ र ७ गते बिहान ९ बजेबाट साँझ ४ बजेसम्म सटडाउन गर्न लागिएको हो ।
उक्त फिडरअन्तर्गत बिजुली सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकलाई असर पर्ने भएको हो । उक्त कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै पनि विद्युत आपूर्ति सुचारु हुनसक्ने प्राधिकरणकी सूचना अधिकारी लिला अर्यालले जानकारी दिइन् ।
प्रकाशित समय १४:३२ बजे

















