गृहपृष्ठ साढे ८ केजी चरेशसहित तीन जना पक्राउ

साढे ८ केजी चरेशसहित तीन जना पक्राउ

काठमाडौं महानगरपालिका १४ कलंकीस्थित राजधानी गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध चरेश ६ केजी १५० ग्रामसहित भारत बिहारका ३६ वर्षीय अनवर अली अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले अन्सारी बसेको उक्त गेष्ट हाउसको कोठा नम्बर ११५ मा जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, पटेर्वा सुगौली गाउँपालिका २ बैधनाथपुरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम, चरेश १ किलो र हाल पहिचान हुन नसकेको धुलो १०५ सय ग्रामसहित सोही गाउँपालिका ४ देउरवाना बस्ने ५० वर्षीय नुर आलम मियाँलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई साईकलमा दाउरा ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै फरार अर्का व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध चरेश १ किलो २५० ग्राम सहित कालिकोट खाडाचक्र नगरपालिका ३ बस्ने २५ वर्षीया सुबिरा शाहीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु