गृहपृष्ठ गड्डाचौकी नाका अनिश्चितकालका लागि बन्द

गड्डाचौकी नाका अनिश्चितकालका लागि बन्द

गड्डाचाैकी नाका ।

कोरोना भाइरस संक्रमणको सन्त्रास बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका चैत ११ गतेबाट अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा आइतबार बसेको बैठकले सो नाकाबाट  पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरेको हो । बैठकमा कञ्चनपुर प्रशासनले आज राति १२ बजे पछि लागू हुनेगरी भीमदत्त नगरपालिकाका दैनिक उपभोग्य वस्तुका पसल , राहत उद्दारबाहेक यातायात, सम्पुर्ण बजार, पसल, व्यवसाय, उद्योग र कलकारखाना अर्को सूचना नआउन्जेल सम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णयसमेत गरेको छ ।

विश्वमा फैलिएको कोरोना संक्रमण भारतमा पनि बढिरहेकाले भारतबाट नेपाल आउनेहरूबाट नेपालमा समेत कोरोना भित्रिन सक्ने सम्भावना रहेको भन्दै उक्त नाका बन्द गरिएको हो ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु