गृहपृष्ठ सांसद रावल धरौटीमा छुटे

सांसद रावल धरौटीमा छुटे

प्रदेश सांसद रावल ।

जबर्जस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावल ५ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।

जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा रावलाई ५ लाख रुपैयाँ धरौटी लिई रिहा गर्न आदेश दिएको अदालतका श्रेतेदार राइभान कुन्जेडाले जानकारी दिए ।

अछाम स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका– ४, उत्तरवेहडीमा डेरा गरी बस्ने २५ वर्षीया विवाहित महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा फागुन २१ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । रावलविरुद्ध माघ २१ गते पीडित महिलाले प्रहरीसमक्ष जाहेरी दिएकी थिइन् ।

प्रकाशित समय २२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु