गृहपृष्ठ कोरोना नियन्त्रण कोषमा नेपाली कांग्रेसले ५० लाख सहयोग गर्ने

कोरोना नियन्त्रण कोषमा नेपाली कांग्रेसले ५० लाख सहयोग गर्ने

कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पचास लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा सो कुराको जानकारी गराइएको हो ।

यसअघि पार्टीका संघीय सांसदहरुले पन्ध्र दिनको तलब सरकारको कोषमा जम्मा गर्ने नेपाली कांग्रेसले घाेषणा गरिसकेको छ ।

प्रकाशित समय १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु