गृहपृष्ठ ग्यास लुकाएको आरोपमा व्यापारी पक्राउ

ग्यास लुकाएको आरोपमा व्यापारी पक्राउ

arrest_पक्राउ_news karobar

जनकपुर उपमहानगरपालिका- ११ बस्ने ४५ वर्षीय जय प्रकाश साहलाई ग्यास लुकाएको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

ग्यास लुकाईछिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो । साथै उनको पसलको गोदाममा तलासी गर्दा लुकाई राखेको बिभिन्न कम्पनीका २० थान ग्यास सिलिण्डर बरामद भएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु