गृहपृष्ठ ‘ड्युटीमा खटिएका प्रहरीलाई क्रिकेट ब्याट प्रहार गर्ने’ पक्राउ
‘ड्युटीमा खटिएका प्रहरीलाई क्रिकेट ब्याट प्रहार गर्ने’ पक्राउ
परवानीपुर गाउँपालिका- ५ गण्डक चोकमा ड्युटीमा खटिएका प्रहरीलाई कुटपीट गरेको अभियोगमा सोही गाउँपालिका- ५ नौतन बहुअरी बस्ने २७ वर्षीय गणेश कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनीबाट ड्युटीमा खटिएको प्रहरीले साहसमेत ८ र ९ जनालाई ‘लकडाउनको समयमा क्रिकेट खेल्न हुँदैन’ भनी सम्झाउने क्रममा साहले क्रिकेट खेल्ने ब्याटले प्रहरीलाई प्रहार गरेपछि उनलाई पक्राउ गरेको हो । ब्याट प्रहारबाट एकजना प्रहरी हवल्दार घाइते भएका छन् ।
घटनाकाे विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय १७:४१ बजे

















