गृहपृष्ठ चौबिस घण्टामै तीन हजारभन्दा बढीले गुमाए ज्यान

चौबिस घण्टामै तीन हजारभन्दा बढीले गुमाए ज्यान

विश्वभर कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ३४ हजार पुगेको छ । शनिबारको तुलनामा आइतबार मृतकको संख्या करिब ३ हजारले बढेको छ ।

इटालीमा मात्रै १० हजार ७७९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, स्पेन ६ हजार ८०३, फ्रान्स २ हजार ६०६, इरान २ हजार ६४० र अमेरिकामा २ हजार ४८४ जनाले ज्यान गुमाएका छन् । विश्वभर ७ लाख २२ हजार ८८ जना संक्रिमत फेला परेका छन् ।

अमेरिकामा मात्रै १ लाख ४२ हजार ७० जना संक्रमित फेला परेका छन् भने २ हजार ९७० गम्भीर छन् । कोरोना संक्रमणबाट विश्वभर २६ हजार ६८१ जना गम्भीर बिरामी भएका छन् ।

प्रकाशित समय ०८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु