गृहपृष्ठ नेपाल प्रहरीलाई स्यानिटाइजर हस्तान्तरण

नेपाल प्रहरीलाई स्यानिटाइजर हस्तान्तरण

हिमगिरी हाइजिन प्रालिले २ हजार ६ सय ७५ बोतल स्यानिटाइजर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच उक्त स्यानिटाइजर हस्तान्तरण गरिएको हो ।

सो अवसरमा उक्त प्रालिका व्यापारिक सञ्चालक कृष्ण बजाज र बजार व्यवस्थापक बसन्तमान श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त स्यानिटाइजर हस्तान्तरण गरे ।

लकडाउनको समयमा अग्रपङ्तिमा रही सक्रिय रहने प्रहरी कर्मचारीहरुलाई सर्वप्रथम सुरक्षित राख्न सके मात्र आमनागरिकहरुको पूर्ण सुरक्षा सम्भव हुने भएकाले स्यानिटाइजर उपलब्ध गराइएकाे सञ्चालक बजाजले बताए ।

प्रकाशित समय १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु